भदौरेमा पुषको पहिलो साता ‘रजत महोत्सव’, फुटबलको उपाधि राशी १ लाख रुपैयाँ
पाेखरा | मंसिर १९, २०८०
पोखरा: भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिका ४ भदौरेमा ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ ।
आगामी पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी थालिएको छ ।
महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना गरी मनाइने क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए ।

उनका अनुसार तमु ल्होसारको अवसरमा आयोजना हुने सो महोत्सवमा विशेष आकर्षणका रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।
प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक विश्वदल गुरुङले जानकारी दिए ।
उनका अनुसार उपविजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्तिम चार (सेमिफाइनल) मा पुग्ने दुई टिमलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि आयोजकले दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरेको छ ।
महोत्सवमा खेलकुदसँगै साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

